अनुसूची
(दफा ६, ७, ८, ९, १० र ११ सँग सम्बन्धित) सवारीको प्लेट

अनुसूची–२

(दफा ६, ७, ८, ९, १० र ११ सँग सम्बन्धित)

सवारीको प्लेट

भाग–१ साधारण सवारी नम्बर प्लेट

खण्ड (क)

सार्वजनिक सवारी (दफा ६ को उपदफा (५) सँग सम्बन्धित)–

कालो प्लेटमा सेतो अक्षर र अङ्कमा हुनुपर्नेछ ।

तर अब उप्रान्त बागमती अञ्चलभित्र दर्ता गरी काठमाडौं उपत्यकाको चक्रपथ र चक्रपथ बाहिर भाडामा चलाइने टेप्पो र माइक्रोबसको नम्बर प्लेट सेतो प्लेटमा कालो अक्षर र अङ्कमा राख्नु पर्नेछ ।

खण्ड (ख)

पर्यटक सवारी (दफा ७ को उपदफा (२) सँग सम्बन्धित)

हरियो प्लेटमा सेतो अक्षर र अङ्कमा हुनु पर्नेछ ।

खण्ड (ग)

निजी सवारी (दफा ८ को उपदफा (३) सँग सम्बन्धित)

रातो प्लेटमा सेतो अक्षर र अङ्कमा हुनु पर्नेछ ।

खण्ड (घ)

सरकारी सवारी (दफा ९ को उपदफा (२) सँग सम्बन्धित)

सेतो प्लेटमा रातो अक्षर र अङ्कमा हुनु पर्नेछ ।

खण्ड (ङ)

संगठित संस्था वा संस्थानको सवारी (दफा १० को उपदफा (२) सँग सम्बन्धित)

पहेँलो प्लेटमा नीलो अक्षर र अङ्कमा हुनु पर्नेछ ।

खण्ड (च)

कूटनीतिक सवारी (दफा ११ को उपदफा (२) सँग सम्बन्धित)

नीलो प्लेटमा सेतो अक्षर र अङ्कमा हुनु पर्नेछ ।

द्रष्टव्यः
१. राष्ट्रपति चढ्ने सवारी साधनको नम्बर प्लेट नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

२. उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, संविधान सभाका अध्यक्ष तथा उपाध्यक्ष र मन्त्रिपरिषद्का सदस्यहरू चढ्ने सरकारी सवारी साधनको नम्बर प्लेटको माथिल्लो आधा भाग र तल्लो आधा भाग क्रमशः रातो र नीलो रङ्गको पृष्ठभूमिमा सेतो रङ्गको अक्षर र अङ्क हुनु पर्नेछ ।

२क. प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाका अध्यक्ष, उपाध्यक्ष र प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू चढ्ने सरकारी सवारी साधनको नम्बर प्लेटको माथिल्लो आधा भागमा रातो र तल्लो आधा भागमा सेतो रङ्गको पृष्ठभूमि भई सो पृष्ठभूमिमा क्रमशः सेतो र रातो रङ्गको अक्षर र अङ्क हुनु पर्नेछ ।

३. सबै किसिमका ठूला तथा मझौला सवारीहरूको नम्बर प्लेटको साईज १४ू  ८ू साना सवारी मध्ये चारपाङग्रेको नम्बरप्लेटको साइज १२” x ७” तीनपाङग्रे टेम्पो आदिको नम्वरप्लेटको साइज १०”x ७” र दुई पाङग्रे मोटर साइकल, स्कुटर आदिको नम्वरप्लेटको साइज ८” x ५” हुनु पर्नेछ ।

४. नम्बरप्लेटमा लेखिने अक्षर र अङ्क ठूला तथा मझौला सवारीहरूको प्लेटमा कम्तिमा ३ इन्च अग्लो र १/२” मोटो, सानो सवारीमा चारपाङग्रे तथा तीनपाङग्रे टेम्पो आदिको २” अग्लो र १/२” मोटो र मोटरसाइकल, स्कुटर आदिको २” अग्लो र ३/८” मोटो हुनु पर्नेछ ।

५. नम्बरप्लेटको चारैतिर १/२” (मोटर साइकल, स्कुटर आदिको प्लेटमा १/४”छाडेर अङ्क र अक्षर लेख्नु पर्नेछ । अङ्क र अक्षरको बीचको दूरी कम्तीमा पनि १/४ू ” तथा तल्लो र माथिल्लो लाइनको दूरी कम्तिमा १/२ इन्च पनि हुनु पर्नेछ ।

भाग–२ इम्बोस्ड सवारी नम्बर प्लेट

खण्ड (क)

सार्वजनिक सवारी (दफा ६ को उपदफा (५) सँग सम्बन्धित)–

पहेँलो प्लेटमा कालो अक्षर र अङ्कमा हुनुपर्नेछ ।

खण्ड (ख)

पर्यटक सवारी (दफा ७ को उपदफा (२) सँग सम्बन्धित)

पहेँलो प्लेटमा कालो अक्षर र अङ्कमा हुनु पर्नेछ ।

खण्ड (ग)

निजी सवारी (दफा ८ को उपदफा (३) सँग सम्बन्धित)

सेतो प्लेटमा कालो अक्षर र अङ्कमा हुनु पर्नेछ ।

खण्ड (घ)

सरकारी सवारी (दफा ९ को उपदफा (२) सँग सम्बन्धित)

सेतो प्लेटमा रातो अक्षर र अङ्कमा हुनु पर्नेछ ।

खण्ड (ङ)

संगठित संस्था वा संस्थानको सवारी (दफा १० को उपदफा (२) सँग सम्बन्धित)

सेतो प्लेटमा रातो अक्षर र अङ्कमा हुनु पर्नेछ ।

खण्ड (च)

कूटनीतिक सवारी (दफा ११ को उपदफा (२) सँग सम्बन्धित)

सेतोे प्लेटमा निलो अक्षर र अङ्कमा हुनु पर्नेछ ।

द्रष्टव्यः

१. राष्ट्रपति चढ्ने सवारी साधनमा प्रयोग हुने प्लेटको बायाँपट्टि डिजाइन र रेखाचित्र (ड्रइङ्ग) बमोजिम गौरवमयी नेपली झण्डा, झण्डामुनि माथिबाट हल्का निलो रङ्ग हुँदै तल गाढा निलो रङ्ग भएको ग्य्राडिएन्ट इन्सक्रिप्सन सहितको एरियल बोल्ड फन्टमा अंग्रेजी क्यापिटल अक्षरको एनइपी (NEP), एनइपी अक्षरमुनि लालीगुँरासको आकृति उल्लेखित क्रोमियम आधारित वर्गाकार होलोग्राम र होलोग्राममा सात (डिजिट) अङ्कको सिरियल नम्बर, रङ्गिन नेपालको निशाना छाप, प्लेटको दायाँ तलपट्टी लेस इन्ग्रेभ्ड सात (डिजिट) अङ्कको सिरियल नम्बर, प्लेटको दायाँपट्टि नेपाली झण्डा, सेक्यूरिटि फिचर्स (श्याम्–श्वेत् अंग्रेजी क्यापिटल अक्षरको एनपीएल (NEP), श्याम्–श्वेत् सानो आकारको निशाना छाप), प्लेटको पडाडि पट्टि उत्पादनकर्ताको नाम, उत्पादन मिति, समय, गुणस्तर एस्योरेन्स नम्बर आदिको डाटा इनपुट सहितको प्रिन्टेड बारकोड एवं डिजाइन र रेखाचित्र (ड्रइङ) संलग्न हुनु पर्नेछ ।

२. उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, व्यवस्थापिका–संसदका सभामुख तथा उपसभामुख र मन्त्रिपरिषद्का सदस्यहरु च्ढ्ने सरकारी सवारी साधनको इम्बोस्ड नम्बर प्लेट सेतो प्लेटमा रातो रङ्गको अक्षर र अङ्कमा हुनु पर्नेछ ।

३. खण्ड (क) देखि खण्ड (ङ) सम्मका सवारुी साधनहरुमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटको बायाँपट्टि डिजाइन र रेखाचित्र (ड्रइङ) बमोजिम गौरवमयी नेपाली झण्डा, झण्डामुनि माथिबाट हल्का निलो रङ्ग हुँदै तल गाढा निलो रङ्ग भएको ग्य्राडिएन्ट इन्सक्रिप्सन सहितको एरियल बोल्ड फन्टमा अंग्रेजी क्यापिटल अक्षरको एनइपी (NEP),  एनइपी अक्षरमुनि लालीगुँरासको आकृति उल्लेखित क्रोमियम आधारित वर्गाकार होलोग्राम र होलोग्रामको बीचमा सात (डिजिट) अङ्कको सिरियल नम्बर, प्लेटको दायाँ तलपट्टी लेसर इन्ग्रेभ्ड सात (डिजिट) अङ्कको सिरियल नम्बर, सेक्यूरिटि फिचर्स (श्याम्–श्वेत् अंग्रेजी क्यापिटल अक्षरको एनपीएल (NEP),  श्याम्–श्वेत् सानो आकारको निशाना छाप), प्लेटको पडाडि पट्टि उत्पादनकर्ताको नाम, उत्पादन मिति, समय, गुणस्तर एस्योरेन्स नम्बर आदिको डाटा इनपुट सहितको प्रिन्टेड बारकोड एवं डिजाइन र रेखाचित्र (ड्रइङ) संलग्न हुनु पर्नेछ ।

तर सानो (दुई पाङ्ग्रे) सवारी साधनको अगाडिपट्टि प्रयोग हुने नम्बर प्लेटको भने दायाँपट्टि माथि कुनामा लेसर इन्ग्रेभ्ड सात (डिजिट) अङ्कको सिरियल नम्बर उल्लेख हुनु पर्नेछ ।

४. खण्ड (च) मा उल्लेखित कूटनीतिक सवारी साधनहरुमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा हुनु पर्ने अक्षर, अङ्क, सेक्यूरिटि फिचर्स लगायतका अन्य विवरणहरु विभागले तोके बमोजिम हुनेछ ।

५. ठूलो सवारी, मझौला तथा सानो (चार पाङ्ग्रे) सवारी, सानो (तीन पाङग्रे) सवारी र सानो (दुई पाङ्ग्रे) सवारी साधनको अगाडि र पछाडि प्रयोग गर्ने नम्बर प्लेटको साइज देहाय बमोजिम हुनेछ ।

सि.नं             सवारीको वर्गीकरण                            नम्बर प्लेटको साईज (अगाडि)                 नम्बर प्लेटको साईज (पछाडि)
१.                 ठूलो सवारी                                             ५२०×११० मिलीमिटर                               ५२०×११० मिलीमिटर
२.                 मझौला तथा (चार पाङ्ग्रे) सवारी             ४३०×११० मिलीमिटर                               २८०×१८० मिलीमिटर
३.                सानो (तीन पाङ्ग्रे) सवारी                         २४०×१३० मिलीमिटर                              २४०×१३० मिलीमिटर
४.                सानो (दुई पाङ्ग्रे) सवारी                          ३००×८० मिलीमिटर                                 २४०×१३० मिलीमिटर

६.   ठूलो सवारी, मझौला तथा सानो (चार पाङ्ग्रे) सवारी, सानो (तीन पाङ्ग्रे) सवारी र सानो (दुई पाङ्ग्रे) सवारी साधनको अगाडि र पछाडि प्रयोग गर्ने नम्बर प्लेटमा लेखिने अक्षर र अङ्कको उचाई, चौडाई र तिनीहरु बीचको दूरी मिलीमिटर (मी.मी.) मा देहाय बमोजिम हुनेछ ः–

सि.नं. सवारीको वर्गीकरण अक्षरको उचाई र चौडाई
(अगाडि)
अक्षरको उचाई र चौडाई (अगाडि) अक्षरको उचाई र चौडाई
(पछाडि)
अक्षरको उचाई र चौडाई
(पछाडि)
अक्षर र अक्षर बीचको दूरी (अगाडि) अक्षर र अक्षर बीचको दूरी (पछाडि)
१. ठूलो सवारी उचाई ५५ र चौडाई ३५ उचाई ५५ र चौडाई ३२ उचाई ६५ र चौडाई ४१.५ उचाई ६५ र चौडाई ३९ अगाडि ८ पछाडि ८.५ अगाडि ८ पछाडि ८
२. मझौला तथा सानो
(चार पाङ्ग्रे) सवारी
उचाई ५५ र चौडाई ३५ उचाई ५५ र चौडाई ३२ उचाई ६५ र चौडाई ४१.५ उचाई ६५ र चौडाई ३९ अगाडि ८ पछाडि ८ अगाडि ८ पछाडि ८
३. सानो (तीन पाङ्ग्रे) सवारी उचाई ३४ र चौडाई २२ उचाई ३४ र चौडाई २० उचाई ३४ र चौडाई २२ उचाई ३४ र चौडाई २० अगाडि ८ पछाडि ८ अगाडि ८ पछाडि ८
४. सानो (दुई पाङ्ग्रे) सवारी उचाई ३४ र चौडाई २२ उचाई ३४ र चौडाई २० उचाई ३४ र चौडाई २२ उचाई ३४ र चौडाई २० अगाडि ८ पछाडि ८ अगाडि ८ पछाडि ८

७. ठूलो सवारी, मझौला तथा सानो (चार पाङग्रे) सवारी र सानो (तीन पाङ्ग्रे) सवारी साधनहरुको अगाडि र पछाडि प्रयोग गर्ने नम्बर प्लेटको चारैतिर १५ मिलिमिटर छाडेर अक्षर र अङ्क लेख्नु पर्नेछ ।

तर सानो (दुई पाङ्ग्रे) सवारी साधनको प्लेटमा १२ मिलिमिटर छाडेर अक्षर र अङ्क लेख्नु पर्नेछ ।

८. इम्बोस्ड सवारी नम्बर प्लेटको धातु न्यूनतम ९९% आल्मुनियम सब्सट्रेट, प्लेटको कडापना एच ४१ व एच ४२, प्लेटको मोटाइ ०.९८ + ०.०३ मिलीमिटर, सो प्लेटमा रेट्रोरिफ्लेक्टिभ शिट ल्यामिनेट एवं इउन ४८५ र इउन ५७३–३ बमोजिमको तथा अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ ७५९१ः१९८२ बमोजिमको हुनु पर्नेछ ।

९. बिहानीको सूर्यको किरण परेको लालिम सगरमाथाको तस्वीर उल्लेखित रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन डिभाइस (आरएफआइडी) एन्टेना ८ देखि १० मीटरको दूरीबाटै रेडियो फ्रिक्वेन्सी आइटेन्टिफिकेशन डिभाइस (आरएफआइडी) रिडरले रिड गर्न सक्ने १०५ मिलीमिटर लम्बाई, ७० मिलीमिटर चौडाई र पोलिस्टर फिल्म कमतीमा ५० माइक्रोनको ठूलो सवारी, मझौला तथा सानो (चार पाङ्ग्रे) सवारी र सानो (तीन पाङ्ग्रे) सवारी साधनहरुको अगाडिको विन्ड स्क्रिनमा जडान भएको हुनु पर्नेछ ।

तर सानो (दुई पाङ्ग्रे) सवारी साधनहरुको हकमा भने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन डिभाइस (आरएफआइडी) सिट टयाग पछाडि पट्टिको नम्बर प्लेटमा जडान गर्नु पर्नेछ ।

१०. इम्बोस्ड भएको अक्षर र अङ्कमा हट स्ट्याम्पिङ्ग फ्वाइललाई हट स्ट्याम्पिङ्ग गर्दा ४५ डिग्रीको कोणमा ढकल्ने गरी NEPAL DOTM शब्दावली एरियल बोल्ड फन्टमा उल्लेख हुनु पर्नेछ ।

११. स्टिल (क्लास ४.८) को गोलो टाउको भएको अन-हाडेन्ड, मेसिन वन बे स्क्र एउटा सवारी साधनको लागि आय्वटा सम्म हुनु पर्नेछ ।

१२-इम्बोस्ड सबारी नम्बर प्लेटमा रहने अक्षर र अङ्क नेपाल सरकारले निर्णय गरे बमोजिम देवनागरी लिपि बा अङ्ग्रेजी लिपि बा दुवै लिपिको मिश्रितमा हुनु पर्नेछ।

१३. सवारी साधनहरुमा प्रयोग गरिने इम्बोस्ड सवारी नम्बर प्लेटमा प्रदेशको नामाङ्कन नभएसम्म प्रदेश नम्बर उल्लेख गर्नु पर्नेछ तर प्रदेशको नामाङ्कन पश्चात विभागले तोके बमोजिम प्रदेश नम्बरको सट्टा प्रदेशको नाम उल्लेख गर्नु पर्नेछ ।

१४. विभागको सिफारिसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मिति र स्थानमा इम्बोस्ड सवारी नम्बर प्लेट सम्बन्धी व्यवस्था लागू गर्नेछ ।